उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन
सुन्नुहोस्

काठमाडौं : एमालेले पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । शनिबार बसेको सचिवालय बैठकले निर्वाचनका लागि सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । ‘निर्णय भईआएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको छ र सिंगो पार्टी पंक्तिलाई निर्वाचनमा  एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ’, बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने । 

स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने ज्ञवालीले जानकारी दिए । उनले गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको बताए । ‘चुनावी गठबन्धन गर्ने विषयमा छलफल भएको छैन । एमालेले एक्लै उपनिर्वाचन लड्छ । सत्ता साझेदार दलसँग स्वच्छ प्रतिस्पर्धा गर्छ,’ ज्ञवालीले भने । बैठकले उम्मेदवारहरूको टुंगोसमेत लगाएको उनको भनाइ छ ।

उनका अनुसार कीर्तिपुरको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास, नलगाड नगरपालिकाका उपप्रमुखमा  सुनिता बोहोरा, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बोहोरा, सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाही, गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमालुंगेली शेर्पा र पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार छन् । उम्मेदवार टुंगिन बाँकी दैलेखको महाबु गाउँपालिकाको अध्यक्षबारे निर्णय लिने अधिकार सचिवालयले प्रदेश कमिटीलाई दिएको छ । आगामी मंसिर १६ मा ४४ स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने उनले बताए । 

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतीका विषयमा पनि बैठकमा समीक्षा भएको उनले जानकारी दिए । बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको ज्ञवालीले बताए । ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका भएका समझदारी कार्यान्वयमा केन्द्रित हुने बताए । सचिवालय बैठकपछि उनले भने, ‘प्रधानमन्त्रीको छोटो भ्रमण हुन्छ, भ्रमणका क्रममा विगतमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउँदाखेरि भएको समझदारी र नेपालका प्रधानमन्त्री र राष्ट्रपति चीन भ्रमणमा जाँदाको समझदारी कार्यान्वयनमै हाम्रो जोड हुन्छ । नेपालको राष्ट्रिय हित हुने गरी प्रधानमन्त्रीको भ्रमण सफल पार्न दुई दलीय संयन्त्रले काम गर्ने बताए ।

बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको उनले बताए । सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि बैठकमा छलफल भएको छ । दुई दलको बिचमा निरन्तर संवाद र सहमतिका लागि सो कार्यदल बनेको उनले जानकारी दिए । कांग्रेससँगको गठबन्धनबीचको समझदारीलाई अझ प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको बैठकपछि एमाले उपमहासचिव  ज्ञवालीले जानकारी दिए । उनले भने, ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौं । सरकारले आधाभूत रूपमा ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष छ ।  दुई राजनीतिक दलबीच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.