प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.०६ अंकले बढेर २६८१.५८ विन्दुमा पुगेको हो।
यो सेसनमा ६० स्टक्सको ९ हजार ८९५ कित्ता सेयर ६८ लाख ३७ हजार ९५४ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये ३३ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। बाँकी ११ स्टक्सको मूल्य यो सेसनमा स्थिर रह्यो।