प्रमुख दलमाथि सानाले शासन गर्ने परिपाटी रोक्न ८४ को निर्वाचन अघि नै संविधान संशोधन हुन्छ : पोखरेल

प्रमुख दलमाथि सानाले शासन गर्ने परिपाटी रोक्न ८४ को निर्वाचन अघि नै संविधान संशोधन हुन्छ : पोखरेल
सुन्नुहोस्

काठमाडौं  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक स्थायित्वका लागि ठूला दलबीच सहकार्य भएको बताएका छन्। मंगलबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले जनताको म्याण्डेट विपरीत साना दलहरुले शासन गर्ने गरेकाले ठूला दलबीच राजनैतिक स्थायित्वका लागि सहकार्य भएको बताएका हुन्। 

महासचिव पोखरेलले म्याजिक नम्बर भन्दै साना दलले शासन गर्ने प्रवृति रोक्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए। उनले धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरू माथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नलाई २०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने पोखरेल बताए।

‘संवैधानिक, कानुनी र संरचनागत सुधार गर्ने उद्देश्यका साथ हामीले सरकार गठन गरेका छौँ’,उनले भने, ‘धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरूमाथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्न / चुनावबाट अन्त्य गर्न हिसाबले हामीले संविधान र कानुन सुधारको विषयलाई अघि बढाएका हौँ। 

पोखरेलले संविधान र कानुन सुधारले मात्रै अघि बढ्न नसकिने बताउँदै विकास र समृद्धिको लागि संरचनागत सुधार आवश्यक रहेको धारणा राखे। 

प्रमुख दलले सरकार बनाउँदैमा नागरिकमा देखिएको निराशा नचिरिने बताउँदै उनले नागरिकमा निराशा पैदा हुनुको कारण खोजी गरी त्यसको समाधानको लागि काम गर्नुपर्नेमा जोड दिए । आज राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.