भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
सुन्नुहोस्

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउने भएका हुन्। उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आउने नेपाली सेनाले जानकारी दिएको छ।

 भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ। भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन्। 

त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.