तरकारी र नर्सरीबाट मनग्य आम्दानी

तरकारी र नर्सरीबाट मनग्य आम्दानी
फाइल तस्बिर।

हुम्ला : ताजाँकोट गाउँपालिका–२ का मनिकण्ठ जैसीले तरकारी र नर्सरीबाट बर्सेनि १२देखि १३ लाखसम्म आम्दानी गर्दै आएका छन् । 

तरकारी खेती, स्याउ, ओखर, कागती, मौसमी लगायतका खेतीपातीमा उनको दिनार्चाय बित्ने गरेको छ । ७ वर्षदेखि व्यवसायिक रुपमा नर्सरी र तरकारी खेती गर्दै आएका उनी हुम्ला जिल्लाका नमुना कृषक हुन् । कृषि विकास कार्यालय हुम्लाबाट ६० हजार बराबरको स्याउको बिउ अनुदान पाएका जैसी हाल जिल्लाभित्रकै एक नमुना कृषकका रुपमा चर्चित छन् । 

उनको पोलिहाउसभित्र लटरम्म फलेका गोलभेँडा र बन्दा, स्याउ, ओखर, कागती, मौसमी लगायतका बोटबिरुवाले मन लोभ्याउँछ । 

बर्सेनि बाबुराम नर्सरी उत्पादन तथा कृषि फर्मबाट १२ देखि १३ लाख आम्दानी हुँदै आएको मनिकण्ठ जैसीले जानकारी दिए । स्याउ, ओखर, कागती, मौसमी र तरकारी खेतीले परिवारको जीविकोपार्जन गर्दै आएका जैसीले अन्नपूर्ण पोस्टसँग बताएका हुन् । डोटीको एउटा जोनसँग समन्वय गरेर कृषि विषयमा ज्ञान दिएको उनको भनाई छ।
 
ताजाँकोट गाउँपालिकाको वस्तुस्थिति हेरेर मौसमी रुपमा गाउँमा ३ क्विन्टलसम्म तरकारी उत्पादन गर्न सकिन्छ भनेर कृषि कर्ममा लागेको उनले बताए ।
 
आफ्नै माटोमा कृषि खेती गरेपछि यहाँका कृषकहरूको जीवनस्तर माथि उठ्छ भन्ने उदारण बनेर उनले देखाएका छन् । कृषि विकास कार्यालयबाट ६० हजारको बिउ अनुदानबाट एक वर्षमा १३ लाखको आम्दानी भएको बाँकी १० लाख बराबरको बोटबिरुवा बिक्री हुन बाँकी रहेको उनको भनाइ छ । नर्सरी र तरकारी खेतीबाट आएको आम्दानीले नै छोराछोरी काठमाडौंमा पढाउने गरेको उनले बताए । 

'अहिले राम्रै भएको छ’, उनले भने, 'सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजार अभाव, यातायात सेवा सहज नहुँदा बजारीकरणमा केही समस्या हुने गरेको छ। सिँचाइ सुविधा, बजार र यातायातको सहज सुविधा भए तरकारी खेती गर्न अझै सहज हुने थियो।'

सिँचाइ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए।  

साथै मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्ने बाध्यता पनि उनले सुनाए । 'स्थानीय बजारमा खपत हुँदैन’, उनले भने । 

गाउँपालिकाबाट व्यवसायिक किसानलाई अनुदान सहयोग गर्न नसकिएको ताजाँकोट गाउँपालिका कार्यबाहक अध्यक्ष अजबिर खत्रीले बताए । कृषि क्षेत्रलाई अगामी दिनहरूमा पहिलो प्रथामिकता राख्ने उनले वाचा गरे।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.