घरदैलो अभियानमा व्यस्त उम्मेदवारहरू

घरदैलो अभियानमा व्यस्त उम्मेदवारहरू

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको मयेर पदमा हुन लागेको उपनिर्वाचनमा लागि प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका साथै घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।  

नगरपालिकाको मेयर पदका उम्मेदवारहरु जनताका घर-घरमा पुगेर आफ्ना एजेण्डका बारेमा जानकारी गराउँदै मत मागिरहेका छन् ।  

एमाले, कांग्रेस, माओवादी, जसपा, राप्रपा, नेमकिपा लगायत दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरूमध्ये केही घर घरमा पुगेका छन् भने केहीले चोक चोकमा सभा गरिरहेका छन् । त्यस्तै केही उम्मेदवारहरूले साइकल र्याली गर्दै प्रचार प्रसार गरिरहेका छन् ।

कीर्तिपुर नगरको प्रमुखमा एमालेकातर्फबाट सुरेन्द्र मानन्धर,  कांग्रेसबाट कृष्णमान डंगोल, माओवादी केन्द्रका तर्फबाट प्रा.डा.शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ध्रुव महर्जन लगायत केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.