मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप गाढा बनाउँछौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप प्रगाढ गर्दै अघि बढ्ने बताएका छन्।
काठमाडौँस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्तान्तरण कार्यक्रममा छिमेकीमुलुकसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको बताएका हुन् ।
उनले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताए। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्नुपर्ने समेत बए।
नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गरे। सो अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षर गरिएको थियो ।