कृषि फर्ममा आगलागी हुँदा ६ लाखको क्षति
सप्तरी : कृषि फर्ममा आगलागी हुँदा ६ लाखको क्षति भएको छ। शम्भुनाथ नगरपालिका-१२ कुशहा बस्ने मोहम्द नसार आलमको कृषि फार्ममा शुक्रबार राति आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।