शान्ति सुरक्षा स्थापनामा प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक कुँवर

शान्ति सुरक्षा स्थापनामा प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक कुँवर

नुवाकोट : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी शान्ति सुरक्षा स्थापनामा सक्षम रहेको बताएका छन्। उनले नेपाल प्रहरीले जुनसुकै परिस्थितिको सामना गरेर भए पनि देशमा कानुन अनुसार नागरिकको जिउधनको सुरक्षामा सक्रिय रहेको बताए। 

नुवाकोटको विदुरमा शनिवार जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा स्थापित नागरिक सहायता कक्ष र नवनिर्मित भगवतीको मन्दिरको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन्। उनले देशमा प्रहरीले बढ्दो आत्महत्या नियन्त्रणमा विशेष योजना बनाएको समेत बताए। 

प्रहरी महानिरीक्षक कुँवरले बढ्दो आत्महत्या नियन्त्रणका लागि प्रहरीले बनाएको विशेष योजना अनुसार अगाडि बढिरहेको समेत बताए। सोही अवसरमा कुँवरले नागरिक सहायता कक्ष र भगवती मन्दिरको निर्माणमा सहयोग गरेका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मानपत्र समेत प्रदान गरे। 

नवनिर्मित नागरिक सहायता कक्ष कुल १६ लाख र भगवती मन्दिरको कुल लागत १० लाख ८९ हजार चारसय ९३ रुपैयाँ रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.