विदुरमा औद्योगिक प्रदर्शनी

विदुरमा औद्योगिक प्रदर्शनी

नुवाकोट: उद्योगीहरुको पहिचान र प्रवर्द्धनका लागि नुवाकोटको विदुरमा औद्योगिक प्रदर्शनी गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले १०औं  उद्योग दिवसका अवसरमा विदुरमा औद्योगिक प्रदर्शनी तथा उद्यमीहरूलाई सम्मानित गरेको हो। दुई दिनसम्म सञ्चालित औद्योगिक प्रदर्शनीमा पाँच हजारभन्दा बढीले सहभागिता जनाएका थिए। 

उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने मुल नाराका साथ आयोजित औद्योगिक प्रदर्शनी तथा उद्यमी सम्मान कार्यक्रममा नुवाकोटका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखेका थिए। कृषि, लत्ता कपडा, हस्तकला, अचार तथा मसलाजन्य, खाद्यान्न, बाँसजन्य सामग्री, फलामजन्य सामग्री, मौरीजन्य सामग्री, साबुन तथा ढाकाजन्य सामग्रीका एकसय १५ भन्दा बढी उत्पादित सामानहरू प्रदर्शनीमा राखिएको आयोजक उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ। 

उद्यमीलाई विशेष प्रोत्साहन गर्नका लागि ६ जना उद्यमीहरूलाई सम्मान गरिएको छ। नुवाकोटमा सञ्चालित कृषि फर्म, बाख्रा फर्म, तारजाली उद्योग, पाइप उद्योग, क्यान्डी उद्योग लगायतका उद्योगका सञ्चालकहरू सम्मानित भएका हुन्।

उद्योग तथा वाणिज्य कार्यालयले पाँच र विदुर नगरपालिकाले एक जना उद्यमीलाई सम्मानित गरेको हो। सम्मानित भएकाहरुमा विदुर नगरपालिका-१२ माथिल्लो कठेरीमा सञ्चालित ज्ञानु लप्सी क्याण्डी उद्योगकी ज्ञानु तामाङ, तादी गाउँपालिका–३ प्रभुडाँडामा सञ्चालित जलेश्वरी बाख्रा फर्मका रमेशकुमार बस्नेत, ककनी २ की नमुञ्जेत कृषि फर्मकी कान्छीमाया तामाङ,  म्यागङ गाउँपालिका–३ फासाङमा सञ्चालित वाइबा कृषि फर्मका प्रकाश तामाङ, विदुर १० मा  सञ्चालित बागमती ग्याबिन बक्सका उपेन्द्र बुढाथोकी, विदुर-५ पिपलटारमा सञ्चालित मनमैंजु इण्डष्ट्रिजका अमृतप्रसाद दुवा रहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.