गाँजा बोकेको गाडी मध्यराति नियन्त्रणमा, चालक फरार

गाँजा बोकेको गाडी मध्यराति नियन्त्रणमा, चालक फरार

धरान : गाँजा बोकेको गाडी प्रहरीले बरामद गरेको छ। सोमबार राति धनकुटाको छिन्ताङबाट गाँजा लोड गरेर धरानतर्फ झरेको को १ च ७६८९ नम्बरको स्कारपियो गाडी इलाका प्रहरी कार्यालय धरानको टोलीले तरहरा जंगलबाट पक्राउ गरेको हो । 

तिब्र गतिमा रहेको गाडीलाई धरानमा पक्राउ गर्न नसकेपनि पछ्याउनेक्रममा तरहरा जंगलमा पक्राउ गरेको धरानका डीएसपी प्रकास जबेगु  बताए । प्रहरीले गाडीलाई ओभरटेक गरि छेकेपछि गाँजा ओसारपसार गर्ने चालक जंगलतर्फ भागेका कारण पक्राउ गर्न नसकिएको उनले बताए । उक्त गाडिमा कालो प्लाष्टिकभित्र राखेको ३ सय केजी रहेको १० पोका गाँजा बरामद गरिएको छ।

गाँजा ओसारपसार गर्ने चालकको पहिचान भइसकेकाले उनको खोजी कार्य भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । बरामद गरिएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.