पाकिस्तानमा इमरान खान समर्थकको हिंसात्मक प्रदर्शन: ६ सुरक्षाकर्मीको मृत्यु, १०० भन्दा बढी घाइते
स्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् ।
सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् ।
प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गर्दा चार सैनिक र दुई प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् । रिपोर्टका अनुसार हिंसामा हालसम्म १०० भन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर रहेको सञ्चारमाध्यममा उल्लेख छ ।
इमरान खानको पार्टीले हिंसात्मक प्रदर्शनमा आफ्ना कार्यकर्ता पनि घाइते भएको दाबी गरेको छ ।
राजधानी इस्लामावादमा हिंसा नियन्त्रण गर्न धारा २४५ लगाइएको छ । प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली हान्न आदेश दिइएको छ । पाकिस्तानी सेनालाई कानून र व्यवस्था कायम राख्न कुनै पनि क्षेत्रमा कर्फ्यू लगाउने अधिकार दिइएको छ।