महिला हिंसाको १६ दिने अभियान सुनसरीमा प्रभावकारी बनाइँदै

महिला हिंसाको १६ दिने अभियान सुनसरीमा प्रभावकारी बनाइँदै

धरान : महिला हिंसाका घटना नियन्त्रण गर्न सुनसरीमा सबै पालिकाहरुमा प्रहरीले अभियान सञ्चालन गरेको छ । प्रहरी कार्यालयहरूले पालिका र महिलाहरूको क्षेत्रमा काम गर्ने संस्थाहरूको सहकार्यमा महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।

प्रहरीले महिला हिंसा विरुद्धका घटना नियन्त्रण गर्नका लागि सुनसरीका मुख्य बजारहरूमा  जनचेतनामूलक र्याली निकालेर हिंसाका घटना नियन्त्रण गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । सुनसरीमा हुने महलिा हिंसाका घटनालाई नियन्त्रण गर्न प्रहरीले यो अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाएको एसपी तिम्सिनाले बताएका छन् । उनका अनुसार यो आर्थिक वर्षमा मात्र सुनसरीमा २ हजार ७० वटा महिला हिंसाका घटना घटेका छन् । 

जसमध्ये एकहजार ३ सय ६६ वटा घटनालाई पीडित र पीडक पक्षलाई राखेर मिलापत्र गराइएको एसपी तिमल्सिनाले बताएका छन् । महिला हंसाका ७ सय ४ वटा घटनाका पीडक र पीडितलाई पनि मिलापत्र गराइने बताए । 

सुनसरीमा पुरुषहरूले बढी मात्रामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गर्ने गरेका कारण महिला हिंसाका घटना घट्ने गरेको पनि एसपी तिमल्सिनाले बताए । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा उनले आफ्ना छोरा छोरीहरू कुलतमा फसेर अपराधिक घटनामा लाग्न सक्ने भएकाले प्रत्येक दिन छोरा छोरीको हात, गोजी र झोला चेक गरी अनुशासित बनाउनसमेत आग्रह गरेका छन् । 

सुनसरीमा सासु बुहारी बीचको झगडा,  मापसे र लागू पदार्थ सेवन गरी श्रीमतीमाथि कुटपिटका घटना,  आर्थिक विपन्नताका कारण दाइजोका कारण बुहारी माथि कुटपिट गर्ने बढी घटना प्रहरी कार्यालयमा आउने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन् । उनले पहिला हिंसाका घटनाहरूमा महिला प्रहरी परिचालन गरि टोल टोलमा जनचेतना फैलाउने काम भइरहेको बताए । 

महिला हिंसा विरुद्धको १६ दिने अभियानमा सुनसरीमा जनचेतनामुलक कार्यक्रम संचालन गरिँदै । तस्बिर : रत्नप्रसाद आचार्य । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.