युक्रेनद्वारा रुसमाथि अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त
किभ : रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।
आक्रमणमा अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको इस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ। भर्खरै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको छ र त्यसलाई रुसभित्र प्रहार गर्न अनुमति दिएको छ।
युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो। यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति आयो। जसमा उसले प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ ।
यसैबीच युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ ।
रुसी रक्षा मन्त्रालयले केही तस्विरहरू साझा गरेको छ जसमा खलिनो एयर बेसमा भएको आक्रमणका क्षेप्यास्त्रका टुक्राहरू देखिन्छन्।
गत हप्ता अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइल दिएपछि युक्रेन र रुसबीचको तनाव चरम सीमामा छ। रुसले उत्तर कोरियाली सेनालाई रुसमा तैनाथ गरेको बताएको छ।
गत हप्ता रुसले शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ । बीबीसी