जासुसीको आरोपमा रुसले गर्‍यो बेलायती कूटनीतिज्ञलाई निष्कासन

जासुसीको आरोपमा रुसले गर्‍यो बेलायती कूटनीतिज्ञलाई निष्कासन
फाइल तस्बिर।
सुन्नुहोस्

मस्को : रुसले मंगलबार एक बेलायती कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले बेलायती कूटनीतिज्ञ जासुसीको उद्देश्यले देशमा आएको र आफ्नो बारेमा गलत जानकारी दिएको आरोप लगाएको छ ।

रुसी कानूनको उल्लङ्घनका कारण कूटनीतिक मान्यता खारेज गरिएको र दुई साताभित्र रुस छाड्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायती विदेश मन्त्रालयले कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णयमा रुसले बेलायती कर्मचारीमाथि आधारहीन आरोप लगाएको यो पहिलो पटक नभएको बताएको छ । उनीहरूले सही समय आएपछि यसको जवाफ दिने जनाएका छन्।

फ्रान्सेली अखबार ले मोन्डेको रिपोर्टले बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने तयारी गरिरहेको दाबी गरेको छ। स्रोतलाई उद्धृत गर्दै अखबारले दावी गरेको छ कि नोभेम्बरको सुरुमा प्रधानमन्त्री केयर स्टाररको पेरिस भ्रमणको क्रममा उनले राष्ट्रपति म्याक्रोनसँग युक्रेनमा सेना तैनाथ गर्ने विषयमा वार्ता गरेका थिए।

तर, बेलायती सरकारले यो दाबीलाई ‘झुटो’ भनेको छ । बेलायतका रक्षामन्त्री डेभिड ल्यामीले युक्रेनलाई सहयोग गरिरहने तर त्यहाँ सेना पठाउने खबरमा कुनै सत्यता नभएको बताए ।
 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पश्चिमी सेना तैनाथ गर्दा युरोपमा गम्भीर द्वन्द्व र विश्वव्यापी द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका छन् । पुटिनले रुसले आफ्नो विरुद्धमा हतियार प्रयोग गर्न अनुमति दिने देशहरूको सैन्य सुविधामा आक्रमण गर्ने अधिकार सुरक्षित राखेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.