तासको खालमा प्रहरीको छापा, ९ जना पक्राउ

तासको खालमा प्रहरीको छापा, ९ जना पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : तासको खालमा छापा हानेर प्रहरीले मोरङको लेटाङबाट बुधबार राति ९ जनालाई पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका-५ खेरुवाका कसम सूर्य मगरको घरको कोठामा चलिरहेको तास खालमा राति ११:३० बजेतिर छापा हानेको थियो । 

त्यस क्रममा घरधनी ३१ वर्षीय कसम सूर्य मगरसहित लेटाङ-५ का ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर तथा लेटाङ-४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ-३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाले खेल्न प्रयोग गरेको १ सय ९ पत्ती तथा नखोलिएको २ बुक तास खालबाट बरामद भएको छ । त्यस्तै, खालबाट ४८ हजार ५ सय र खेल्नेहरुको साथबाट ६१ हजार ८ सय गरेर १ लाख १० हजार ३ सय रूपैयाँ बरामद भएको जोशीले बताए । 

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.