जीपीके फाउन्डेशन अमेरिकाले बाँड्यो खाद्यान्न
![जीपीके फाउन्डेशन अमेरिकाले बाँड्यो खाद्यान्न](https://annapurnapost.prixacdn.net/media/albums/khana-usa_80Xetmljzf_139xtLGmbX.jpg)
न्यूयोर्क : गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले निःशुल्क खाद्यान्न वितरण गरेको छ। अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा १५० जनालाई निः शुल्क खाना, फ्रोजन चिकेन, फलफूलसहित तरकारी बाँडेको हो।
फाउन्डेसनले अमेरिकाभर सामाजिक कामहरु गर्दै आइरहेको छ। ‘सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौं’ गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘फाउन्डेशनमार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौं।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)