विदेशबाट एनईओ मार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट सजिलै झिक्न सकिने

विदेशबाट एनईओ मार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट सजिलै झिक्न सकिने
सुन्नुहोस्

काठमाडौं : ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ।

दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरूले अब ज्योति विकास बैंकका नेपालभरका विभिन्न शाखाहरु मार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारहरूले छिटो, सुरक्षित र सहज रुपमा वित्तीय सेवा लिने अपेक्षा गरिएको छ।

एनईओ मनी ट्रान्सफरसँगको सम्झौताले बैंकको वित्तीय समावेशनलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थान सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्ने बताइएको छ। ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ।

साथै डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.