६ अभियुक्त सार्वजनिक

६ अभियुक्त सार्वजनिक
सुन्नुहोस्

जलेश्वर (महोत्तरी) : श्रङ्खलाबद्ध चोरी, डाँका तथा लुटपाट काण्डका ६ अभियुक्तलाई महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा भारतको विहार सितामढी बेला थाना ग्राम पंचायत शिवनगर वडा नं. १ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका-२ निगौल स्थित घरमा भाडा लिई बस्ने ३० वर्षीय डाक्टर भन्ने प्रमोद कुमार साह, उनकी श्रीमती सन्जुदेवी साह, गौशाला नगरपालिका-९ का २८ वर्षीय ललन साह, गौशाला नगरपालिका-६ का २६ वर्षीय राकेशकुमार यादव, भारतको बिहारराज्य जिल्ला सितामढी घर भई हाल महोत्तरी गौशाला नगरपालिका-५ गौशाला महलिया टोल स्थित घरमा भाडा लिई बस्दै आएका ५२ वर्षीय रन्धिर साह रहेका छन्। 

त्यस्तै भारतको विहार राज्य सितामढी जिल्ला वेला थाना विष्णुपुर पंचायत, विष्णुपुर गाउँका २४ वर्षीय गोलु भन्ने सुधिर भण्डारी माली रहेका छन्। उनीहरुको साथबाट प्रहरीले २ थान पेस्तोल, नलकटुवा वन्दुक १ थान, म्याग्जिनमा लोड भएको गोली ५ राउण्ड, १८ थान विभिन्न साइजका गोलीहरू र फलाम काट्ने २२ इन्च लम्बाइ भएको कैंची कटर १ थान, फलामको रड १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.