४ अर्ब ८१ करोड लगानीमा पोखरा खानेपानी सुधार आयोजना निर्माण सम्पन्न

पोखरेलीलाई अझै पानीकै अभाव

४ अर्ब ८१ करोड लगानीमा पोखरा खानेपानी सुधार आयोजना निर्माण सम्पन्न
सुन्नुहोस्

पोखरा : पोखरेलीको घर घरका धारामा मिनरल वाटरको जस्तै शुद्ध पिउने पानी पुर्‍याउने उद्देश्यका साथ २०७६ देखि सुरु भएको पोखरा खानेपानी सुधार आयोजना निर्माण सम्पन्न भएको छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ४ अर्ब ८१ करोड रुपैयाँ अनुदानमा सुरु भएको आयोजना शुक्रबार हस्तान्तरण भएको हो । २०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबीच आयोजनाका लागि अनुदान सम्झौता भएर २०७६ बाट आयोजनाको काम सुरु भएको थियो । 

जापानको हाज्मा एन्ड कपंरिसनले आयोजना निर्माणको जिम्मा पाएको थियो । कोभिडका कारण काम रोकीएपछि २०८० पुस १५ मा आयोजनाको म्याद सकिएपछि २०८१ भदौ १५ सम्मका लागि म्याद थप भएको थियो । आयोजना सम्पन्न भएसंगै माछापुच्छ्रे गाउँपालिकाको मर्दी खोलाबाट ५ सय र ४ सय एमएमको पाइपबाट संकलित ४ करोड १० लाख लिटरल पानी शुद्ध र सुरक्षित ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पोखरामा वितरण गरिएको छ । यसअघि यही खोलाबाट दैनिक ४ करोड ६० लाख लिटर पानी प्रशोधन नगरी वितरण हुँदै आएकोमा ५० लाख लिटर कम पानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन भएको हो । यसमा पहिलेको डिजाइन नै कम भएकोले त्यसै अनुसार काम भएको आयोजनाले जनाएको छ । 

शुद्ध र सुरक्षित खानेपानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पोखरामा वितरण गरिए पनि पोखरामा पानीको अभाव भने रही नै रहेको छ । खानेपानी संस्थानले ५२ हजार घर धुरीलाई पानी वितरण गरेको छ । बोरिङ समेत गरी ६ करोड २० लाख लिटर प्रोडक्सन हुने गरेको खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशीष कार्कीले बताए ।  

बढ्दो जनसंख्यालाई पनि ख्याल गर्दै आवश्यक ८ करोड ७० लाख लिटर दैनिक खानेपानी पोखराका १९ वटा वडालाई आवश्यक रहेको खोनपानी संस्थान पोखराले जनाएको छ । आयोजना निर्माण हुँदा बढ्दो जनसंख्यालाई समेत ख्याल गरी नबनाउँदा पानीको अभाव भने कायमै रहेको हो । 

खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार आयोजनाको उद्घाटन गर्दै थप पानीको समस्या पनि समाधान हुने गरी काम अघि बढ्ने बताए । पोखरा महानगरपालिकाका मेयर धनरा आचार्यले पहिलोपटक शुद्ध र सुरक्षित खानेपानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पोखरा वितरण भएकोमा खुशी व्यक्त गरे । पानीको अभाव समाधान गर्ने गरी नयाँ योजना पनि अघि बढाउन उनले अनुरोध गरे । यसका लागि महानगरले आवश्यक सहयोग गर्ने पनि उनले बताए । 

पोखरामा खानेपानीको आपूर्ति मर्दीखोलाको साथै पोखरा १६ अर्मलास्थि भोटिखोलाबाट बर्खामा ३५ लाख र सुख्खा याममा १० लाख लिटर, कालिमुडा, माझकुन मुहानबाट बर्खामा ३५ लाख र सुख्खामा १५ लाख लिटर पानी दैनिक उत्पादन भएर अमलाबिसौनी ट्याँकीमार्फत वितरण हुँदै आएको छ । बालधारामार्फत १० लाख लिटर पानी वितरण हुन्छ । त्यसबाहेक विभिन्न स्थानमा रहेका २१ वटा बोरिङबाट पनि खानेपानी निकालेर पोखरामा वितरण हुँदै आएको हो । सबैखोला र बोरिङसमेत गरेर कुल दैनिक ६ करोड २० लाख पानी संकलन गरी वितरण हुँदै आएको खानेपानी संस्थानले जनाएको छ । 

पोखरामा पानीको अभाव कम गर्न खानेपानी संस्थानको लगानीमा मर्दी खोलाबाट थप ५ सय एमएमको पाइपबाटपानी ल्याएर प्रशोधन गर्ने काम ठेक्का प्रक्रियामा गएको पनि खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशीष कार्कीले बताए । पोखराबासीले २४ घण्टा शुद्ध खानेपानीको सुविधा पाउन भने अझै केही वर्ष कुर्नु पर्ने देखिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.