शिवधाममा छरियो शतबिज

शिवधाममा छरियो शतबिज
सुन्नुहोस्

नुवाकोट : वालाचतुर्दशीको अवसरमा नुवाकोटको विभिन्न शिव मन्दिरहरूमा शतबिज छरिएको छ । विदुर नगरपालिका ५ देवीघाटमा रहेको शिवधामलगायत नुवाकोटका विभिन्न धाममा रहेका शिव मन्दिर तथा देवालयहरूमा शतबिज छर्नका लागि रातभर जाग्राम बसेर हजारौं सर्वसाधारणले आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै शनिवार बिहान शतबिज् छरेका हुन् । 

नुवाकोटको देवीघाटस्थित शिवधाम, तारुकाको तारकेश्वर, वेत्रावति, कविलास, थानसिङ, छहरेलगायतका स्थानमा रहेका शिव मन्दिरहरूमा हजारौं भक्तजनको भीड लागेको थियो । देवीघाटमा रहेको शिवधाममा यस वर्ष हजारौंले आफ्ना दिवंगत पितृहरूको सम्झनामा विदुर नगर क्षेत्रका साथै आसपासका विभिन्न स्थान तथा रसुवा, धादिङ, काठमाडौंबाटसमेत सर्वसाधारण रातभर जाग्राम बसेर महाद्वीप प्रज्वलन गरी शनिवार बिहान शिवधाम परिसर तथा त्रिशूली नदी किनारामा शतबिज छरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ।  

समितिका अनुसार बालाचतुर्दशीको अवसरमा रातभर शिवधाममा महाद्वीप प्रज्वलन गरेर शनिवार बिहान शतबिज छर्ने सर्वसाधारण गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको स्थानीय जालपाक्षेत्र विकास समितिका अध्यक्ष मानवहादुर डंगोलको भनाइ छ । उनका अनुसार शिवधाममा महाद्वीप प्रज्वलन गरेर शतबिज छर्ने भक्तजनहरुको सुविधाका लागि समिति र विदुर नपाले ३० थान टेण्ट राखिदिएको थियो ।   

विदुर नपा ५ देवीघाटमा रहेको प्रसिद्ध शिवधाम, तारकेश्वर, थानापति मन्दिर परिसरमा शतबिज छर्नका लागि भक्तजनको विशेष मेला लागेको रातभर जाग्राम बसेर शतबिज छरेम आफ्ना दिवंगत पितृहरूको उद्धार हुने र वैकुण्ठ वास हुने कारण भक्तजनहरू शिव मन्दिरमा पुगेर व्रत बसी महाद्वीप पनि प्रज्वलन गर्ने गरेको शिवधामका पुजारी हरिप्रसाद सापकोटाले  बताए  । महाद्वीप प्रज्वलन गरि शतबिज छर्नेहरुले सम्पूर्ण मानव कल्याण र विश्वशान्तिको कामना गरेको उनको भनाइ छ ।  

देवीघाटको शिवाधाममा १० हजार सर्वसाधारणले शनिवार बिहान भगवान शिवको पूजाअर्चना गर्दै शतबिज छरेका हुन् । शिवधामका साथै बट्टारको राम मन्दिर, बट्टार हावाघरको श्रीकृष्ण मन्दिर, दुङ्गेमा रहेको शिव मन्दिर, त्रिशूलीको राम मन्दिर, कोलोनीको शिव मन्दिरलगायतका मन्दिरहरूमा शतबिज छर्न भक्तजनको  भिड लागेको थियो । 

शिवधाममा ब्राह्मण, क्षेत्री, आदिवासी जनजाति, नेवारलगायत सबै समुदायका सर्वसाधारणले महाद्वीप प्रज्वलन गरि शतबिज छरेका थिए । रातभर जाग्राम वसेर विहान शिव मन्दिर तथा त्रिशूली नदीको किनारामा विभिन्न गेडागुडीको शतबिज छर्ने पुरानो परम्परागत चलन कायमै रहेको स्थानीय देवीघाट जालपा क्लवका नवीन चित्रकारले बताए । 

मन्दिर परिसरमा रातभर भजनकिर्तन गरिनुका साथै तीर्थालुहरुको सुविधाको लागि उचित रुपमा सुरक्षा प्रबन्ध गरेको थियो ।  यसका साथै नुवाकोटको कोलोनी, कविलासमा रहेको शिव मन्दिरमा शतबिज छर्ने विशेष पूजाआजा सम्पन्न भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.