स्थानीय तह उपनिर्वाचन

बर्दियामा वडा अध्यक्षका लागि ५ मतदान केन्द्रबाट मतदान जारी

बर्दियामा वडा अध्यक्षका लागि ५ मतदान केन्द्रबाट मतदान जारी
मतदान गर्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख । तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : लुम्बिनी प्रदेश सांसद कृष्णकुस्मा थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट र ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले एउटै वडाबाट मतदान गरेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदको लागि उपनिर्वाचन भइरहेको छ ।

सांसद थारुले र जिसस प्रमुखले बबई शिसु मन्दिर आधारभूत विद्यालय बर्गदा मतदान केन्द्र र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुखले कृषि सेवा केन्द्र भवनबाट मतदान गरेको नेपाल पत्रकार महासंघ बर्दियाका प्रवक्ता एवम् उपाध्यक्ष चिरञ्जीवी योगि (भावुक) ले जानकारी दिए । उनका अनुसार दुवै मतदान स्थलमा शान्तिपूर्ण तरिकाबाट बिहानैदेखि मतदान जारी छ। 

बर्दियामा एउटा मात्र वडाध्यक्ष पदको निर्वाचनको लागि २ वटा मतदान स्थलमा ५ वटा मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा रहेको कृषि सेवा केन्द्र भवन मतदान स्थलका २ वटा मतदान केन्द्रमा १ हजार १३७ मतदाता र बबई शिशु मन्दिर आधारभूत विद्यालय बर्गदा मतदान स्थलको ३ वटा मतदान केन्द्रमा २ हजार ३ सय ७३ गरी कुल ३ हजार ५१० मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गर्नका लागि प्रत्येक केन्द्रमा १ जना स्वयं सेवकसहित ६ जना कर्मचारी तथा २ वटा मतदान स्थलमा ३९ जना सुरक्षाकर्मी परिचालन भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले बताए । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को रिक्त रहेको वडाध्यक्ष पदको लागि ६ वटा दलले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार हुने निर्वाचनको लागि शनिबार  राति १२ बजेदेखि आइतबार बेलुकी ७ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जारी भएको पास बाहेक अन्य सार्वजनिक, नीजि,सरकारी दुई पाङग्रे, तीन पाङग्रे र ४ पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ,निष्पक्ष  र प्रभावकारी बनाउन सुरक्षा समितिको निर्णय अनुसार निर्वाचन हुने मार्गहरूमा सवारी आवागमनमा रोक लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को तत्कालिन वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय प्रमुख पदमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो । मतदान लगत्तै बुझाइएका मतपेटिका संकलन भएपश्चात दलहरुको सहमतिमा मतगणना गरिने बताइएको छ । 

विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख र उपप्रमुख १/१ तथा वडाध्यक्ष २४ गरी ४१ रिक्त पदमा आज मतदान हुँदैछ । केही पदमा र्निविरोध भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.