खच्चडलाई हानेको ढुंगा लागेर घाइते भएकी स्वास्थ्यकर्मीको हेलिकोप्टरबाट उद्दार

खच्चडलाई हानेको ढुंगा लागेर घाइते भएकी स्वास्थ्यकर्मीको हेलिकोप्टरबाट उद्दार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : कार्यक्षेत्रमा जाँदै गरेकी उत्तरी गोरखाकी एक स्वास्थ्यकर्मी खच्चडलाई हानेको ढुंगा लागेर सख्त घाइते भएकी छिन् । चुमनुब्री गाउँपालिका–६ लोक्पा स्वास्थ्यचौकीमा कार्यरत सुजा गुरुङ खच्चड धपाउने गोठालाले हानेको ढुङ्गा लागेर घाइते भएकी गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । 

आइतबार बिहान करिब १० बजेतिर खच्चड गोठालाले खच्चडलाई हानेको ढुङ्गा लागेर चुमनुब्री गाउँपालिका–३ फिलिम घर भई लोक्पा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत २७ वर्षीय सुजा गुरुङ गम्भीर घाइते भएकी वडा अध्यक्ष सरोज लामाले जानकारी दिए । ‘हिजो शनिबार बिदामा जानु भएको रहेछ । आज बिहान अफिस आउने क्रममा गोठालोहरुले खच्चडलाई धपाउन प्रयोग गरेको ढुङ्गाले छातीमा लागेर घाइते हुनुभएको छ’,उनले भने,‘उहाँको अवस्था नाजुक भएकाले हेलीद्वारा उद्धार गरिएको छ ।’ 

दुर्गमको ठाउँमा यसअघि पनि यस्ता घटनाहरु घटिरहेको उनले जानकारी दिए । ‘खच्चड गोठालाहरुको लापरवाहीका कारण बारम्बार यस्तो अवस्था सिर्जना भएको छ । यसअघि पनि यस्तो घटना भएको थियो’, उनले भने, ‘पोहोर साल पनि एउटा विदेशी पर्यटकलाई ढुङ्गाले लागेको थियो तर यस्तो गम्भीर चाहिँ भएका थिएनन् ।’ 

मनास्लु क्षेत्र र चुम उपत्यकामा पर्यटक तथा स्थानीयबासी आवतजावत गर्ने बाटोमा खच्चड धपाउँदा खच्चड धपाउँदा व्यवसायीहरू संवेदनशील हुनुपर्ने उनको जोड छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.