झापाको कनकाई–६ मा ७३.५१ प्रतिशत मत खस्यो

झापाको कनकाई–६ मा ७३.५१ प्रतिशत मत खस्यो
सुन्नुहोस्

झापा : स्थानीय तह उपनिर्वाचनअन्तर्गत झापाको कनकाई नगरपालिका–६ मा ७३ दशमलव ५१ प्रतिशत खसेको छ। 

आइतबार भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। जसमा ८२४ पुरुष र ६८९ महिलाले मतदान गरेका छन्। चम्पापुर माध्यमिक विद्यालयमा रहेको दुई वटा मतदान केन्द्रमध्ये (क) ७६५ र (ख) मा ७४८ मत खसेको निर्वाचन अधिकारी नेपालले बताए। 

कनकाई ६ को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उनले भने, ‘सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिहाल्ने हो।’ वडाध्यक्षमा पदमा एक स्वतन्त्र र ८ राजनीतिक दलसहित ९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। 

स्वतन्त्र उम्मेदवारतर्फ लक्ष्मीप्रसाद ओली, नेपाली काँग्रेसबाट रानगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले उम्मेदवारी दिएका थिए। 

यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो। २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पराजित गर्दै नेपाली काँग्रेसका लक्ष्मीप्रसाद ओली वडाध्यक्षमा विजयी भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.