ग्रामथानको अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी
![ग्रामथानको अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी](https://annapurnapost.prixacdn.net/media/albums/namonarayan_85yzQk8VuO_imwrhFtxpc.jpg)
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी विजयी भएका छन् । ६ हजार ९ सय ६९ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरुबीचको मतान्तर १ हजार ६ सय ३६ छ । निर्वाचनमा नेकपा (एमाले) तेस्रो भयो । एमालेका तुलसीराम विश्वास ४ हजार १ सय ५९ मतमा सीमित भए । ग्रामथानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । त्यतिबेला एमालेका शिवनारायण माझी थारु दोस्रो र माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।
गच्छदारको गत असार ३ गते निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो । जनाधार कमजोर भएको भनिएको माओवादी उपनिर्वाचनमार्फत गाउँपालिकाको नेतृत्वमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)