'नेपाली श्रमिकको हक हितको लागि काम गर्छु'
साउदी : साउदी अरेबियास्थित नेपाली राजदूत डा नरेश बिक्रम ढकालले नेपाल र साउदीबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन्। पदबहाली लिंदै उनले नेपाली श्रमिकको हक हितको लागि काम गर्ने बताएका हुन्।
३ डिसेम्बर २०२४ का दिन रियाद आइपुगेका सुवेदी ४ डिसेम्बर का दिन पदबहाली गरेका हुन्।
उनलाई विमानस्थलमा साउदी अरबको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी र राजदूतावासका नियोग उप प्रमुख डा डमरूबल्लभ पौडेल लगायतले स्वागत गरेका थिए।
पूर्व राजदूत नवराज सुवेदीको नेपालको राजनैतिक किचलोको कारण बिना कार्यकाल समाप्ति स्वदेश फिर्तासँगै साउदी दूतावास राजदूतविहीन अवस्थामा थियो। ढकाल यसअघि कतारका राजदूतका रुपमा कार्यरत थिए ।
पदबहालीसँगै राजदूत ढकालले साउदीमा कार्यरत नेपालीहरुको समस्या समाधानका निम्ति खट्ने विश्वास नेपाली कामदारले लिएका छन्। साउदीमा वैधानिक र अवैधानिक रूपमा लगभग ४ लाख नेपाली कार्यरत रहेका छन्।