रारा राष्ट्रिय निकुञ्जमा पहिलो पटक देखियो कालो रङ्गको चितुवा

रारा राष्ट्रिय निकुञ्जमा पहिलो पटक देखियो कालो रङ्गको चितुवा
क्यामेरा ट्रयापमा परेको कालो रङ्गको चितुवा । फोटो : रारा राष्ट्रिय निकुञ्ज
सुन्नुहोस्

मुगु : रारा राष्ट्रिय निकुन्जमा रहेका वन्यजन्तुहरू संकटमा परिरहेको बेला पहिलो पटक कालो रङ्गको चितुवा देखा परेको छ । काठमाडौ त्रिभुवन विश्व विद्यालयका सोधकर्ता विद्यार्थीहरुले रारा क्षेत्रमा स्तनधारी वन्यजन्तुको अध्ययन,अनुसन्धान गर्न जडान गरेका क्यामाराहरूले कैद गरेको भिडियोमा पहिलो पटक कालो रङ्गको चितुवा फेला परेको रारा राष्ट्रिय निकुन्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने जानकारी दिए।

जडित क्यामारामा चितुवा प्रजातिकै कालो रङ्गको चितुवा (मेलानेस्टिक लिओपट)  पहिलो पटक रारा राष्ट्रिय निकुञ्जमा देखिएको हो । उक्त क्यामेरामा हिमाली भालु,स्याल,कस्तुरी, बँदेल ,लोखर्के जस्ता स्तनधारी वन्यजन्तु कैद भएका छन्। 

 निकुन्ज भित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो ।  निकुञ्ज विभागको सहमति र रारा राष्ट्रिय निकुञ्जको अनुमतिमा त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापा मगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाई र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय छन् । 

अनुसन्धानको  त्रिभुवन विश्वय विद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक हरिप्रसाद शर्माले सुपरिवेक्षण गरिरहेका छन् ।  उक्त टोलीले कार्तिक ६ गते देखि २१ दिनका लागि रारा राष्ट्रिय निकुञ्जको विभिन्न ४० स्थानमा क्यामरा जडान गरिएको थियो ।  

निकुन्ज क्षेत्रमा निकुन्ज कार्यालयले चराचुरुङ्गीहरूको गणना गर्दै आएको भएपनि यहाँ रहेका वन्यजन्तु,जलचर, तथा जैविक विविधताहरूको अवस्था,अध्ययन र गणना भने  पछिल्लो समयमा हुन सकेको छैन ।

यो निकुन्जमा ५४ प्रजातिका स्तनधारी जनावर,२ सय ९६ प्रजातीका चराचुरुङ्गी,७ प्रजातीका माछा ,१ प्रजातीको घर्षणे वन्युजन्तु र १० हजार २४ प्रजातीका वनस्पतिहरू रहेका छन्।  यो कालो रङ्गको चितुवा केही समय पहिला काभ्रेमा गाडीले ठक्कर दिएर सडकमा मृत अवस्था भेटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.