भर्जिनियामा किड्स इनडोर सकर
भर्जिनिया (अमेरिका) : अमेरिकाको भर्जिनियामा बसोबास गर्ने बालबालिकाहरूको सिप क्षमता बढाउन आयोजित किड्स इनडोर सकर भव्य रूपमा सकिएको छ।
भर्जिनियाको डिएमभी युथ एकेडेमीले किड्स इनडोर सकर २०२४ आयोजना गरेको हो। यो सकरमा ५ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरूले सहभागिता जनाएका थिए। सकरमा सहभागी बालबालिकाले आफ्ना शैक्षिक अनुभव र कलाहरू एकअर्कालाई प्रस्तुत गरेका थिए।
कार्यक्रमले बालबालिकाहरूलाई खेलकुदमा सक्रिय पार्ने, फुटबलका आधारभूत सीप सिकाउने र आत्मविश्वास बढाउने अवसर प्रदान गर्यो। केटा र केटी दुवैलाई समान अवसर दिइएको यस कार्यक्रममा सबै सहभागी बालबालिकाहरूले रमाइलो वातावरणमा खेलकुदमा आफूलाई व्यक्त गर्न सके।