विकासमा एक हौं, म देशका लागि थप केही गर्छु, तपाईहरुको नाम विश्वमा राख्छु : प्रधानमन्त्री

विकासमा एक हौं, म देशका लागि थप केही गर्छु, तपाईहरुको नाम विश्वमा राख्छु : प्रधानमन्त्री
सुन्नुहोस्

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरो कामलाई गति दिने बताएका छन्। झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा एक हुनुपर्ने बताएका हुन्।null

उनले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए । उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिने बताए।

‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरूको प्रतिनिधि म फेरि  प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’null

कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसंख्या  लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो । प्रधानमन्त्री ओलीले आइतबार देशकै अग्लो १८ तले  दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.