भोजपुरको गहना ‘नागछाँगा’

भोजपुरको गहना ‘नागछाँगा’
सुन्नुहोस्

भोजपुर : छङछङ खसिरहने पानीको सुन्दर फोहोरा। फोहोराभित्र सर्पहरू दौडिए झैँ सेता छिरबिर विशाल धर्साहरू। चारैतिर हरियाली जंगल। बुटियानको सुन्दर दृश्य। जोकसैलाई मुग्धित बनाउँछ, ‘नागछाँगा’ झरनाले। रामप्रसाद राई गाउँपालिका– ६, बैकुण्ठे र वडा नं २, धोद्लेखानीको सीमा क्षेत्रमा पर्ने यो झरना ऐतिहासिक र धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण थलो मानिन्छ। 

सदरमुकामदेखि करिब ७ कोष दक्षिणमा पर्ने यो झरना धार्मिक पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थल हो। जिल्लाभित्र र बाहिरबाट बर्सेनि सयौंको संख्यामा धार्मिक तीर्थालु तथा आन्तरिक पर्यटकहरू झरनाको आनन्द लिएर आउनेजाने गर्छन्। तर व्यवस्थित संरक्षण, सम्वर्द्धन र प्रचारप्रसार नहुँदा यो ओझेलमा पर्दै गएको छ।

झरना घुम्न आउने पर्यटक र तीर्थालुलाई खाने, बस्ने, घुम्ने व्यवस्थित पूर्वाधार नहुँदा झरना ओझेलमा पर्दै गएको हो। झरनालाई कृत्रिम रूपले सौन्दर्यता बढाएर व्यवस्थित भौतिक पूर्वाधारहरू बनाउन सके हजारौं संख्यामा पर्यटक भिœयाउन सकिने स्थानीय उत्तम राई बताउँछन्। सरकारले पर्यटकीय गन्तव्यको सूचीकृत गर्दा सम्बन्धित निकायबाट प्रचारप्रसार र संरक्षण संवद्र्धनमा चासो नदिनाले झरनाको साख धुलमिलाउँदै गएको उनको गुनासो छ। पर्याप्त स्रोत र साधन जुटाउन नसक्दा पनि झरनाको अस्तित्वमा आँच आएको उनी जोड्छन्।

झरना खस्ने ढुंगामा नाग सल्बलाइरहेको जस्तो सुन्दर दृश्य देख्न सकिन्छ। अति मनमोहक दृश्य बोक्ने झरना धार्मिक र ऐतिहासिक दृष्टिकोणले उत्तिक्कै महत्वपूर्ण भएको स्थानीय पुजारी जयप्रसाद निरौलाले सुनाउँछन्। हरेक वर्ष नागपञ्चमी, महाशिवरात्री, रामनवमी, बालाचर्तुदशीमा भक्तजनको ठूलो संख्यामा मेला, महोत्सव र पूजाआजा हुने गर्छ। परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्मेराजा गोल्मे रानीको भिरको राक्षस आएर मार्न खोजेपछि ती नागहरू त्यही झरनाको ढुंगामा अन्र्तध्यान भएको स्थानीय कथन छ। 

रामप्रसाद राई गाउँपालिका र तत्कालीन जिल्ला विकास समिति भोजपुरले झरनासम्म आन्तरिक पर्यटक आवतजावत गर्न गोरेटो बाटो र केही भौतिक संरचना बनाएको थियो। झरनाको संरक्षण र संवद्र्धन गर्न सके धार्मिक तीर्थस्थलको रूपमा स्थापित हुनुको साथै बाह्य पर्यटन भिœयाउन सकिने भएको गाउँपालिकाको आर्थिक उन्नति पनि हुने स्थानीय महेश गेलाल बताउँछन्। 

यता गाउँपालिकाले पनि झरनाको संवद्र्धन गर्न डीपीआरसहित योजना बनाएर लाने तयारी रहेको जनाएको छ। सिंगो जिल्लाकै एक ऐतिहासिक थलो भएकाले पनि यसको संरक्षण र संवद्र्धनमा गाउँपालिका कटिबद्ध भएर लागिपर्ने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए। ‘नागछाँगा झरना सिंगो भोजपुरकै एउटा गहना हो। धार्मिक तीर्थधाम, बाह्य पर्यटन र आर्थिक उन्नतिसँग जोडिएकाले यसको संरक्षण गर्न सबै निकाय लाग्नुपर्छ’, उनले भने, ‘गाउँपालिकाले यो आर्थिक वर्षको नयाँ योजनाबाट शीर्षक नै तोकेर बजेटिङ गर्ने तयारी थालेका छौं।’ झरनाको प्राकृतिक मौलिकताको जगेर्ना गर्दै उचित व्यवस्थापन गरी प्रसारप्रचार गर्न गाउँपालिका लागिपरेको उनले बताए।

गाउँपालिकाले यसको विकाससँगै अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ। स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकस्थलको रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए। अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उनको भनाइ छ। यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकोले सोहीअनुसार विकासको काम अघि बढाउने उपाध्यक्ष राईले बताए।

गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्रको रूपमा बेहेरेश्वर मन्दिर, पाप्माखाम भन्ज्याङ, चुलाचुली गुफालगायत स्थानको पनि विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। स्थानीय स्रोतसाधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताए। ‘नागछाँगा एउटा प्रकृतिको उपहार हो’, अध्यक्ष राईले भने, ‘यो झरना हाम्रो गाउँपालिकाको सम्पत्ति हो। यसको संरक्षणमा हामीले ध्यान दिँदै आएका छौं। यसको पर्याप्त प्रचारप्रसार हुन सकेको छैन। यहाँको महŒवलाई चिनाएर धार्मिक पर्यटनका रूपमा स्थापित गर्ने र गाउँपालिकालाई आर्थिक पाटोमा जोड्ने योजना छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.