चिचिला र सिलिचोङ गाउँपालिकामा कपडा बैंक स्थापना
संखुवासभा : संखुवासभाको दुर्गम चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकामा 'हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ'अभियान मार्फत् कपडा बैंक स्थापना गरिएको छ । जाडोयाममा दुर्गम क्षेत्रका बालबालिकाले न्यानो कपडा लगाउन नपाइरहेको अवस्थामा व्यवसायी मोहनकृष्ण अधिकारीको संयोजनमा ती पालिकामा कपडा बैंक स्थापना गरिएको हो ।
दुई पालिकामा भने कपडा बैंक स्थापनासँगै कपडा बैंकमा कपडा लैजान गाउँलेहरूको भीड नै लागेको थियो ।
कपडा बैंकमा कम्तीमा ३० बोरा कपडाहरु राखिएको अधिकारीले जानकारी दिए । विभिन्न स्थानबाट संकलन गरिएको करिब ३० बोरा न्यानो कपडा २५ सय जनालाई पुग्ने गरी वितरण गरिएको उनले बताए।
यो अभियानमा स्थानीय जनप्रतिनिधिसहित अन्य व्यक्तिको साथ र सहयोग रहेको बताए। अभियानमा अनुराग कुँवर,सुरेश मानसिंह कुँवर,कृष्णराज तिमिल्सिना र रामेश्वर ढकाललगायतले कपडा संकलनका लागि सहायता गरेका थिए।