सिम्रिक एयर डिग्निफाइड वर्कप्लेस प्रमाणित
काठमाडौं : सिम्रिक एयर मर्यादित कार्यस्थल (डिग्निफाइड वर्कप्लेस) प्रमाणित भएको छ।यूएसएडको आयोजना डिग्निफाइड वोर्कप्लेसअन्तर्गत सिम्रिक एयर पनि प्रमाणित भएको प्रशासन प्रमुख मुरलीधर जोशीले बताए।आयोजनाको राजधानीमा मंगलबार भएको एक कार्यक्रमकाबीच सिम्रिक एयरलाई प्रमाणित गर्दै सम्मान गरिएको हो।आयोजनाले सिम्रिक एयरलाई कोल्ड मेम्बर बनाएको जोशीले जानकारी दिए।
यस आयोजनाको मुख्य सार भनेको कार्यस्थलमा महिला र पुरुषलाई समान अवसर हो।यसका लागि स्वच्छ वातावरण र महिलाहरूमैत्री शौचालयमा जोड दिइएको छ।डिग्निफाइनड वर्कप्लेस प्रमाणीकरणका लागि आयोजनाले सिम्रिकका सबै कर्मचारीहरूलाई कार्यस्थलमा स्वच्छता कसरी राख्ने भन्नेमा तालिम दिएको थियो।हाल करिब २० वटा संस्था डिग्निफाइड वर्कप्लेसका सदस्य छन्।
नेपालमा मर्यादित कार्यस्थल कार्यक्रम महिला कामदारहरूका लागि एमएचएच (मिन्सुरेसन हेल्थ हाइजिन)र एसआरएच(सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ) सुधार गर्न र एकीकृत कार्यस्थलमा आधारित परामर्श सेवाहरू प्रदान गर्न ल्याएको कार्यक्रम हो।नेपालमा स्थानीय मर्यादित कार्यस्थल सञ्जाललाई सहयोग गर्न यूएसएआईडी नेपाल र यूएसएआईडी वाशपाल्स२ द्वारा दुई वर्षे इन्क्युबेशन एक्सन रिसर्च परियोजनाको रूपमा यो कार्यक्रम आएको छ। यूएसएआईडी/वाशपाल्स२ पाँच वर्षको (२०२१–२०२६) कार्य आदेश हो जुन ग्लोबल हेल्थ ब्यूरोद्वारा वित्तीय सहयोग प्रदान गरिएको छ।यसले प्रमाणमा आधारित वातावरणीय स्वास्थ्य र वाश हस्तक्षेपको स्थिरता, स्केल र प्रभाव प्राप्त गर्नका लागि उत्तम अभ्यासहरू पहिचान र साझेदारी गर्छ ।