पेन्टागन कलेजकी विद्यार्थी पशुपतिको जंगलमा मृत फेला, सुसाइड नोट पनि भेटियो

पेन्टागन कलेजकी विद्यार्थी पशुपतिको जंगलमा मृत फेला, सुसाइड नोट पनि भेटियो
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको पशुपति मन्दिर पछाडि रहेको जंगलमा एक युवती मृत भेटिएकी छन् । काठमाडौं- ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मनिसा मिजार मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौको प्रवक्ता नवराज अधिकारीकाअनुसार शंकरापुर नगरपालीका- ५ घर भई हाल शान्तिनगर बस्दै आएकी मनिसा जंगलमा मृत भेटिएकी हुन्।  उनी बानेश्वरमा रहेको पेन्टागन कलेजमा कक्षा १२ मा पढ्दै गरेको खुलेको छ।

प्रहरीका अनुसार शव भेटिएको  ६/७ मिटर नजिकै ओस्ताज नामक विषादिको खाली बट्टा फेला परेको छ । उनी हराएको भन्दै उनका आफन्तले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा जंगलमा उनको शव फेला पारेको हो । 

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । घटनास्थलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ। सुसाइड नोटमा लेखिएको छ, 'बाँच्न मन छैन, सबैतिर म असफल भएँ। कसैले जीवित देखे बचाउनतिर नलाग्नुस्,मलाई मर्न दिनुस् ।’

उनले जीवनदेखि हार खाएका गुनासो पत्रमा लेखेकी छिन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.