चार प्रदेशका प्रहरी प्रमुख फेरिए

चार प्रदेशका प्रहरी प्रमुख फेरिए
सुन्नुहोस्

काठमाडौं : सरकारले विभिन्न चारवटा प्रदेशका प्रहरी प्रमुख फेरबदल गरेको छ। गृहमन्त्रीस्तरको निर्णयले नेपाल प्रहरीका चार प्रदेश प्रमुख हेरफेर भएका हुन्।

कोशी, मधेस र गण्डकी र कर्णाली प्रदेशका प्रहरी प्रमुख फेरीएका हुन्। नेपाल प्रहरीको प्रवक्ताको भूमिकामा रहेका दानबहादुर कार्कीलाई सरुवा गरेर प्रहरी प्रवक्ताको भूमिकामा कुवेर कडायतलाई ल्याइएको छ। कार्कीले अब लुम्बिनी प्रदेशको प्रहरी प्रमुखको भूमिका निभाउनेछन्। 

डीआइजी राजन अधिकारीलाई कोशी प्रदेश प्रहरीको जिम्मा दिइएको छ। उनी यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत थिए। यसअघि कोशीको प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा सरुवा गरिएको छ। 

मधेस प्रदेश प्रहरी प्रमुखमा लालमणि आर्चायलाई सरुवा गरिएको छ। यसअघिका त्यहाँका प्रदेश प्रहरी प्रमुख यज्ञ विनोद पोखरेल अनिवार्य अवकासमा गएका छन्। आर्चाय यसअघि साइबर व्युरो भोटाहिटीमा कार्यरत थिए। 

त्यस्तै कर्णाली प्रदेशका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरीको सरुवा भएपछि त्यहाँ जनक भट्टराईलाई पठाइएको छ। चन्दलाई नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रविन्द्र केसीको पनि सरुवा भएको छ। उनलाई नेपाल प्रहरीको अन्वेषण योजना तथा निकास निर्देशनालायमा सरुवा गरिएको हो। यसअघि यस निर्देशनालयमा राजेशनाथ बास्तोला कार्यरत थिए। उनी अनिवार्य अवकासमा गएका छन्। 

भोलाबहादुर रावल गण्डकी प्रदेशमा पदस्थापित भएका छन्। अर्का नवनियुक्त डीआईजी गणेश चन्द सुदूरपश्चिममा पदस्थापन भएका छन्। यसअघि गण्डकी प्रदेशमा रहेकी दुर्गा सिंह प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र सुदूरपश्चिमका रवीन्द्र केसी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भए। अख्तियार अनुसन्धान विभागमा नवनियुक्त डीआईजी हिमालयकुमार श्रेष्ठको पदस्थापन भएको छ। डा.मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज सरुवा भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.