होटल व्यवसायका बेथिति रोक्न काठमाडौंमा अनुगमन तिव्र

होटल व्यवसायका बेथिति रोक्न काठमाडौंमा अनुगमन तिव्र
सुन्नुहोस्

काठमाडौं : होटल व्यवसाय क्षेत्रमा विद्यमान बेथिति र अवैध धन्दा रोक्न काठमाडौंमा सशक्तरूपमा अनुगमन सुरु भएको छ। नेपाल प्रहरी, पालिका र स्थानीय संघसंस्थाको संयुक्त अनुगमनमा स्वयं काठमाडौं होटल व्यवसायी संघसमेत संयोजनकारी भूमिकामा उभिएको छ। 

प्रहरी वृत्त चक्रपथ, काठमाडौं होटल व्यवसायी संघ, टोखा नगरपालिका, महिला उपकार मञ्च र टोल सुधार समितिले संयुक्तरूपमा अनुगमन गरेको हो। संघका अध्यक्ष गणेश ढकाल र टोखा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामभक्त घिमिरेको संयोजकत्वमा सुरु भएको अनुगमनले नियमित रूपमा अनुगमन गर्दै नियम विपरीत सञ्चालन भएका होटेलहरूमा तालबन्दीसमेत गरिरहेको छ। 

अनुगमनमा व्यवसाय दर्ता, संस्था नविकरण, होटलका अवैध गतिविधि, मापदण्ड, ग्राहकको पहिचानजस्ता विषय केन्द्रित गर्दै धमाधाम कारबाही प्रक्रिया अघि बढाइएको छ। हालसम्म १३ वटा अवैधरूपमा सञ्चालनमा रहेका व्यवसायमा ८ वटा रेस्टुरेन्ट र ५ वटा होटलमा तालाबन्दी भइसकेको छ। अनुगमनका क्रममा कतिपय होटलमा अनैतिक कार्य गरिरहेको अवस्थामा समेत टोलीले रंगेहात पक्राउ गरेको छ।

टोखा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामभक्त घिमिरेले अवैध होटेलहरूलाई कानुनको दायरामा ल्याई पूर्णरूपमा बन्द गरिने कार्य अघि बढेको बताए। त्यस्तै काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले केही अवैध गतिविधिमा संलग्न होटल व्यवसायीका कारण समस्त होटल व्यवसायलाई हेर्ने दृष्टिकोण नै फेरिएको भन्दै होटल व्यवसायप्रतिको स्वच्छता र विश्वसनियता बढाउन अनुगमनमा सहजीकरण गरेको बताए। 

गलत मनसायले व्यवसाय गर्नेहरूलाई आफ्नो कार्यकालमा निमिट्यान्न पार्ने अध्यक्ष ढकालको अठोट छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.