चितवनले जनकपुरलाई हरायो, प्लेअफ सम्भावना कायमै
काठमाडौं : नेपाल प्रिमियर लिगमा शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ। चितवनले १८१ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि जनकपुर १८ ओभरमा १४८ रन बनाएर अलआउट भयो।
जनकपुरका लागि जेम्स निसमले विष्फोटक ब्याटिङ गरेका थिए। उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए। उनले १८ बलमै कीर्तिमानी अर्धशतक बनाएका थिए।
त्यस्तै आसिफ शेखले २३ रन, सुभ कंशकारले १५ रन र मोहम्म मोसिनले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २-२ विकेट लिए। अमर रौटेलाले १ विकेट लिए।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो।
चितवनका लागि कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै रवि बोपारा ४४ रन बनाए। ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै हसन इसाखिलले २८ रन र सन्तोष कार्कीले १४ रन बनाए। विपिन रावल ३ रनमा आउट भए भने बसिल हमिद १ रन र सोहिल तनवीर ५ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजबंशीले २ र हर्ष ठाकेर, शेर मल्ल र जेम्स निसमले १-१ विकेट लिए।