बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगरमा नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवर रहेका छन्।
जिल्ला अदालत काठमाडौं बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार रुपैयाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं मैतीदेवीबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पाटन पठाइएको छ।