घरायसी विवाद : बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

घरायसी विवाद : बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

भक्तपुर : भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका -२ स्थित सहिद स्मृति खेल मैदान नजिकै  घरायसी विवाद भएपछि चक्कु प्रहारबाट घाइते भएका ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको हो। 

जिल्ला प्रहरी परिसरका सूचना अधिकारी ढुण्डीराज न्यौपानेले शाही गम्भीर घाइते भएको र भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। न्यौपानेका अनुसार घरायसी विवाद हुँदा उनकै बुबाले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए। चक्कु प्रहार गरेको अभियोगमा मृतकका बुबा दिप बहादुर शाहीलाई नियन्त्रणमा लिई परिसरले अनुसन्धान अघि बढाएको उनको भनाई छ। 

मृतक शाहीको शव पोष्टमार्टमका लागि चाँगुनारायण नगरपालिका-२ , दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा लगिएको थियो । शाही परिवार अछाम जिल्ला कमल नगर नगरपालिका-६ हात्तीबाच भई वडा नं २ स्थित सहिद स्मृति खेल मैदान नजिकै बस्दै आएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.