‘मन्त्री फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ’

‘मन्त्री फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ’
फाइल तस्बिर ।

तार्कुघाट : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

राइनास नगरपालिकाको वीरभक्ति माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारबीचको समझदारीमा तलमाथि नहुने स्पष्ट पारेका हुन्। 

‘तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर। मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ ।’ उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री समय पूरा भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’  

मन्त्री गुरुङले २०८४ को निर्वाचन पश्चात मात्र यो सरकार आ–आफ्नो बाटो लाग्ने उल्लेख गरे। नेपालमा अस्थिरता ल्याउन चाहने शक्तिहरूले सरकारको उद्देश्य बिथोल्न जनतामा भ्रम छर्दै गरेको बताउँदै उनले त्यस्ता भ्रममा नपर्न आग्रह गरे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.