हिटरको ग्यास लिक भएर आगलागी हुँदा घर जलेर नष्ट

हिटरको ग्यास लिक भएर आगलागी हुँदा घर जलेर नष्ट

काठमाडौं : हिटरको ग्यासको लिक भएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ। काठमाडौंको टोखा नगरपालिका-६ धापासी कुँवर कोलोनी नजिकै शिव मन्दिर मार्गमा रहेको भाइकाजी श्रेष्ठको साढे ३ तलाको घर जलेर नष्ट भएको हो। 

पहिलो तलामा हिटर ताप्ने क्रममा बिहीबार साँझ ५ बजेर २३ मिनेटमा आगो लागी हुँदा घरको भित्री भाग जलेर पूर्णरूपमा नष्ट भएको हो। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, महानगर प्रहरी, टोखा नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो। क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.