जनकपुरको पहिलो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्सको पहिलो विकेट पतन भएको छ। कप्तान आसिफ शेख ३३ रन बनाएर आउट भएका हुन्।
उनले १९ बलमा ४ चौका र २ छक्काप्रहार गरे। सुदूरपश्चिमका सैफ जैबले उनको विकेट लिएका हुन्।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।