बैंकिङ्ग कसुर मुद्दामा फरार महिला पक्राउ

अर्घाखाँची : चेक बाउन्स अर्थात् बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । पैसा नभएको चेक काटेपछि बैकिङ्ग कसुर मुद्दामा अर्घाखाँची अदालतको फैसला अनुसार मालारानी गाउँपालिका -५ बागीकी ३६ वर्षीया विमला खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।
उनलाई रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १२ नयाँगाउँबाट पक्राउ गरेको हो । निज खड्काले गुल्मीको पुर्कोटदह घरभइ हाल रुपन्देहीको नयाँगाउँमा बस्दै आएकी ४५ वर्षीय मिना मगरसँग ४ लाख ३५ हजार ५ सय रुपैयाँ सापटी लगेकी थिइन् ।
२०७९ साल चैत १ गते मिति राखेर मेगा बैंक लिमिटेड अर्घाखाँची शाखाको चेक काटेर दिए पनि बैंक खातामा सो बराबरको रकम नभएपछि चेक बाउन्स अर्थात बैकिङ्ग कसुर मुद्दामा मुद्दा चलेको थियो ।
उनलाई प्रहरीले अर्घाखाँची अदालतमा पठाएकोमा अदालतले जिल्ला कारागारमा कैद भुक्तानीका लागि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस !
