तेस्रो लिङ्गीको भेष धारण गरेर लागूऔषधको तस्करी गर्ने युवक वीरगन्जमा पक्राउ

तेस्रो लिङ्गीको भेष धारण गरेर लागूऔषधको तस्करी गर्ने युवक वीरगन्जमा पक्राउ
सुन्नुहोस्

वीरगन्ज : तेस्रो लिङ्गीको भेष धारण गरेर लागू औषधको तस्करी गर्ने एक युवक वीरगन्जबाट पक्राउ परेका छन्। पर्साको बहुदरमाई नगरपालिका- ३ का ३६ वर्षीय मिश्री राम पक्राउ परेका हुन्।

भारतको रक्सौलबाट हरि खुर्सानीको बोरामा लागूऔषध लुकाएर टाउकोमा बोकेर वीरगन्ज आउँदै गरेका रामलाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सारको गेट अगाडि रोकेर चेकजाँच गरेको थियो।

तेस्रो लिंगीको भेष धारण गरेका रामले टाउकोमा बोकेको खुर्सानीको बोरा खोलेर हेर्दा त्यसभित्र लागू औषध डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फाइन ४९९ एम्पुल, नोर्फिन २९७ एम्पुल र प्रोमेथाजाइन ४९७ एम्पुल बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए।  

लागूऔषधसहित नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.