स्याङ्जाका पशुपालक किसान पशुधन सुरक्षण कार्यक्रमप्रति आकर्षित

स्याङ्जाका पशुपालक किसान पशुधन सुरक्षण कार्यक्रमप्रति आकर्षित
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जाका पशुपालक किसान पशुधन सुरक्षण (बिमा) कार्यक्रमप्रति आकर्षित देखिएका छन्। कृषि विकास बैंकको सहयोगमा कृषि सहकारीमार्फत गर्न सकिने पशुधन सुरक्षण कार्यक्रमले किसानका लागी लाभदायी बनेको किसानहरू बताउँछन्।  

पुतलीबजार नगरपालिका-१३ का यामकुमारी आलेले अघिल्लो वर्ष भैँसीको बिमा गरेकी थिइन्। नवज्योती कृषि सहकारीमार्फत उनले स्थानीय एक भैँसीको ७ सय रुपैयाँमा बिमा गरेकी हुन। सत्तरी हजार रुपैयाँ मूल्यांकन गरी गरिएको भैँसी भदौ १२ गते मर्‍यो। उनले ३ दिनपछि नै ५६ हजार रुपैयाँ पाइन्।

आलेको स्थानीय दुधालु भैँसी अचानक बिरामी भई मरेको बताइएको छ। उनले ७० हजार मूल्य बराबरको बिमा गरेकी थिइन्। पाँच प्रतिशत प्रिमियम रकमको बिमाबापत उनले ३५ सय रुपैयाँ बुझाउनुपर्नेमा पनि सरकारको ८० प्रतिशत अनुदान रह्यो भने २० प्रतिशत मात्र आलेले बुझाएकी थिइन्। 

 
यसैगरी, दानबहादुर अधिकारी र हिराकुमारी अर्यालले पनि भैँसीको बिमा गरेका थिए। उनीहरू दुवैको भैँसी मरेपछि क्षतिपूर्तिवापत अधिकारीले ५६ हजार र अर्यालले ४२ हजार नगद पाए। अधिकारीले ७० हजारको र अर्यालले ४२ हजार मूल्य बराबरको पशुधन सुरक्षण (बिमा) गरेका थिए। 

पुतलीबजारका ७ वटा बिमावापत ४ वटा उन्नत (मुर्रा) र ३ स्थानीय भै‌ँसीवापतको बिमा रकम क्षतिपूर्ति रकम भुक्तान भएको छ। बिमा नगरेको भए उनीहरुले क्षतिपूर्ति वापतको रकम पाउने थिएनन्। जसका कारण उनीहरूलाई दोब्बर आर्थिक भार पर्थ्यो। 

पशुमा ठूलो लगानी भइरहेका बेला थोरै रकम तिरेर भइपरी आउने दुर्घटनाबाट राहत पाउन सकिनेगरी ल्याइएको यस्ता कार्यक्रमलाई सबै किसान माझ पुर्‍याउनु पर्ने कृषि विकास बैंक स्याङजा शाखा प्रबन्धक डोलराज पाठकले बताए। 

पुतलीबजार नगरपालिकाका २ सय ३१ जना किसानले २ सय ६९ वटा पशुधन सुरक्षण अर्थात् बिमा गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.