माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ। पदाधिकारी बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल हुने उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए।
माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो। पदाधिकारी बैठकले कार्यविभाजन टुंग्याएपश्चात नेताहरूको जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्ने माओवादी केन्द्रको तयारी छ। बैठकले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका नेताहरूको कार्यविभाजन तोक्ने छ।
प्रतिक्रिया दिनुहोस !
