शीतभण्डारको उपेक्षा

शीतभण्डारको उपेक्षा
सुन्नुहोस्

 नेपालमा करिब ७० भन्दा बढी शीतभण्डार छन् । शीतभण्डार त्यस्तो ठाउँ हो, जहाँ तरकारी, फलफूल मौसममा भण्डार गरी बेमौसममा निकाल्न सकिन्छ । उत्पादन भएको बेला थन्क्याएर राख्ने र बजारमा माग हुँदा निकाल्ने तरिकाले उत्पादक किसान र उपभोक्ता दुवैलाई हित गर्छ । नेपालका किसानको मूल समस्या नै जुन मौसममा जे फल्छ, त्यसलाई त्यही बेला बिक्री गर्नुपर्ने र मोल नपाउने हो । शीतभण्डारले त्यो समस्याको हल गर्ने अपेक्षा हो । तर तिनै शीतभण्डार सञ्चालनमा थुप्रै कमजोरी हुँदा किसानले सोचेजस्तो भएको छैन । जस्तो जिल्ला सहकारी संघले सञ्चालनमा ल्याएको ‘सहकारी शीतभण्डार’ एउटा उदाहरण हो । जसलाई लुम्बिनी प्रदेशले गौरवकै आयोजना पनि मान्छ तर सञ्चालनमा भने बेवास्ता जस्तै छ ।

सुनवल नगरपालिका–२ मुखिया टोलको करिब डेढ बिघा क्षेत्रफलमा छ यो शीतभण्डार । २० करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको भण्डार सञ्चालन भने अलपत्रजस्तो बनेको छ । त्यसको मूल कारण प्रदेश सरकारले गरेको बेवास्ता नै हो । सहकारी विभागको मापदण्डअनुसार ६० प्रतिशत संघीय सरकार, २० प्रतिशत प्रदेश सरकार र २० प्रतिशत सहकारी संघ तथा स्थानीय तहको लगानी हुने भनिए पनि प्रदेश सरकारले यस आयोजनालाई उपेक्षा गरिरहेको छ । निजी शीतभण्डारहरूले विद्युत् शुल्कमा ५० प्रतिशत छुट पाएको अवस्थामा सहकारी शीतभण्डारलाई यस्तो सहुलियत नदिनु समान व्यवहारको अभाव हो । सहकारीहरूको सहभागिता र योगदानले मात्र सञ्चालन भइरहेको यस भण्डारले विद्यमान समस्याबीच पनि गत फागुनदेखि सेवा सुरु गरेको छ ।

नेपालभरिकै शीतभण्डार सञ्चालनको चुनौती भनेको बिजुलीको महसुल हो । जसमा सरकारले अनुदान दिनु श्रेयष्कर हुन्थ्यो । सुनवलको शीतभण्डार पनि बिजुली महसुलमा सहायता अभावबाट गुज्रिरहेको छ । ६ टन क्षमताको यो भण्डारमा अहिले कृषि उपज राखिएको छ र बेमौसममा प्रतिफल पाइएको छ । पनि आलु, प्याज, अदुवाजस्ता कृषि उपजहरूको प्रचुर सम्भावना भएको नवलपरासी जिल्लामा यो शीतभण्डारको योगदान पक्कै पनि किसानका लागि धेरै हितकर र उपयोगी हुन्थ्यो, यदि प्रदेश सरकारले दीर्घकालीन रूपमा सञ्चालनका उपाय खोजिदिने हो भने । सहकारीहरू धेरैतिर पैसा जम्मा गर्ने र पैसाकै कारोबार गर्ने गरिका छन् । तर किसानका लागि समर्पित शीतभण्डारका लागि सहकारीबाट जुन योगदान भएको छ, त्यसलाई सरकारबाट सहयोग नहुनु दुःखद् हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.