कबड्डीलाई पुनर्जीवन

कबड्डीलाई पुनर्जीवन
सुन्नुहोस्

कबड्डी, नेपालको प्राचीन र लोकप्रिय खेल । जुन अब हामी सबैको बाल्यकालको सम्झना बनिसकेको छ । साथीहरूसँग खेलिएको यो खेल मानिसको जीवनको भाग बनेको छ । २०७४ जेठ ८ गते सरकारद्वारा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि कबड्डीलाई राष्ट्रिय खेलको मान्यता गुमेको थियो । तर, पनि यो खेल नेपाली मनमा सदैव बसेको छ । यस खेलको लोकप्रियता नेपालको ग्रामीण क्षेत्रदेखि सहरसम्म फैलिएको छ । यद्यपि पछिल्लो समय यसको सन्दर्भ नै ओझेलमा परेको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट कम्पनीले यसलाई पुनः जीवित पार्न फ्रेन्चाइज मोडलमा नेपाल कबड्डी लिग (एनकेएल) को आयोजना गर्ने निर्णय गरेको छ । यो निकै प्रशंसनीय छ । यसले कबड्डी खेललाई व्यावसायिक बनाउन मद्दत गर्ने छ, यसको लोकप्रियता र साखलाई पुनः स्थापित गर्नमा ठूलो योगदान पु¥याउने छ । यस खेलको पुनः उदयले युवा पुस्तालाई नयाँ अवसर प्रदान गर्ने छ र उनीहरूलाई खेलकुदमा सक्रिय बनाउने छ । कबड्डीको अभ्यासले शारीरिक मात्र होइन, मानसिक विकास पनि गर्छ । यसले मानिसलाई अनुशासन, टिमवर्क र मानसिक स्फुर्ति प्रदान गर्छ । खेलकुदले युवापुस्तालाई कुलत र खराब गतिविधिबाट जोगाउन मद्दत पु¥याउने छ । जसले गर्दा समाजमा सकारात्मक परिवर्तन आउने छ । जस्तो नेपाल प्रिमियम क्रिकेट लिगले सिंगो देशलाई खेलकुदमय बनाएको थियो, त्यस्तै कबड्डीले देशलाई पक्कै जोड्ने छ ।

विगतमा लोकप्रियताको शिखरमा रहेको यो खेल लामो समयसम्म गुमनाम झैं अवस्थामा रह्यो । संघका पदाधिकारीबीचको टकराब र द्वन्द्वले कबड्डीले समयानुकूल फक्रिने अवसर पाउन सकेन । राष्ट्रिय खेलकुद प्रतियोगिता र केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सीमित बन्न पुग्यो । डेढ वर्षअघि चीनको हाङझावमा आयोजना भएको १९औं एसियाली खेलकुदमा पहिलो सहभागितामै ऐतिहासिक कास्य पदक जितेपछि कबड्डीले चर्चा बटुल्यो । १९औं एसियाली खेलकुदको महिला कबड्डीमा सात राष्ट्रले सहभागिता जनाएका थिए । थोरै राष्ट्रले सहभागिता जनाए पनि पदक जित्न नेपाली खेलाडीले धेरै मेहनत गरेका थिए । देशमै ठूला प्रतियोगिता हुँदा खेलाडीहरूको स्तरोन्नति हुनेछ भने नयाँ खेलाडी जन्मिँदै जानेछन् ।

कबड्डीको लोकप्रियता नेपालमा केवल मनोरञ्जनको साधन मात्रै होइन, यो राष्ट्रको पहिचान र सांस्कृतिक सम्पत्ति पनि हो । यसको पुनर्जीवन र प्रचारले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बढाउन मद्दत गर्ने छ । यसलाई अझ प्रगति र समर्थन दिनका लागि सरकारले खेलकुदको प्रबद्र्धनमा जोड दिनुपर्छ । अन्ततः, कबड्डीको पुनरुद्धार केवल खेलको मात्र कुरा होइन, यो एक सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण कदम हो । यस खेलको पुनर्जीवनले नेपाली समाजलाई एकताबद्ध गर्न र भविष्यमा यसलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.