सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

मुम्बई : बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। आइतबार बिहान करिब ३:३० बजे प्रहरीले आरोपीलाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेको केही समयपछि प्रहरीले पत्रकार सम्मेलन गरेर आक्रमणकारीको बारेमा जानकारी दिएको थियो। आक्रमणकारी लगभग ३० वर्षका र उनको नाम मोहम्मद शरीफुल इस्लाम शहजाद रहेको  जनाइएको छ। उनी चोरीको उद्देश्यले घरमा प्रवेश गरेका थिए।

प्रहरीका अनुसार आक्रमणकारी केही समय मुम्बईमा बसेर फर्किएका र त्यसपछि फेरि मुम्बई आएका थिए।

आरोपीलाई ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको थियो। मुम्बई प्रहरीले आरोपित आक्रमणकारी बंगलादेशका नागरिक हुन सक्ने बताएको छ। उनीसँग भारतका आधिकारिक प्रमणपत्रहरु केही पनि फेला नपरेको जनाइएको छ।

यसरी भएको थियो सैफमाथि आक्रमण

बिहीबार बिहान सैफ अली खानलाई उनको बान्द्रास्थित निवासमा एक व्यक्तिले धेरै पटक छुरा प्रहार गरेका थिए। सैफ अली खानमाथि यो आक्रमण बुधबार राती करिव २.३० बजे भएको थियो।

प्रहरीका अनुसार आरोपित बंगलादेशी मूलका भएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाको समयमा आरोपी चोरीको उद्देश्यले घरमा प्रवेश गरेका थिए।

प्रहरीअनुसार अभियुक्तलाई अदालतमा पेश गरी प्रहरी हिरासतको माग गर्ने र त्यसपछि यस मुद्दाको अनुसन्धान अगाडि बढाइनेछ।

आरोपीको बारेमा अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ। 

बिहीबार भएको आक्रमणमा सैफ अली खानलाई छ ठाउँमा चोट लागेको थियो। उनको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो। यो आक्रमणपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.