मोरङमा २ पुरुष मृत फेला

मोरङमा २ पुरुष मृत फेला
फाइल तस्बिर।

विराटनगर : मोरङको केराबारी र बेलबारीमा २ जना पुरुषको शव फेला परेको छ। एक जनाको भीरमा र अर्का एक जनाको सुतेकै ठाउँमा शव फेला परेको हो। 

केराबारी गाउँपालिका–९ स्थित धरधरे सामुदायिक वनको भीरमा वृद्ध पुरुषको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। केराबारी–८ का ६७ वर्षीय परशुराम न्यौपाने मृत फेला परेको उनको भनाइ छ। 

न्यौपाने गाई बाँध्ने घोचा काट्न भनेर शनिबार अपरान्ह ४ बजेतिर घरबाट निस्किएको प्रहरीले पत्ता लगाएको छ। घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। खोजतलास गर्ने क्रममा भीरबाट करिब २० मिटर तल खसेको अवस्थामा आइतबार बिहान मृत फेला पारेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।  

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। गाईलाई घोचा काट्ने क्रममा भिरबाट लडेर न्यौपानको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

त्यस्तै, बेलबारी नगरपालिका–८ गिरीगाउँमा १ जना पुरुष मृत फेला परेका छन्। भक्तबहादुर ओझाको घरमा काम गरेर बस्ने मोरङको मंगलबारे घर बताउने अन्दाजी ५६ वर्षीय डम्का राजवंशी सुतेकै ठाउँमा आइतबार बिहान मृत फेला परेका हुन्। 

राजवंशी कटेरोमा सुतेका थिए। नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरिएको स्थानीयको भनाइ छ। चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी जोशीले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.