रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम सुरु नगर्न इजरायली सेनालाई नेतान्याहूको निर्देशन

रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम सुरु नगर्न इजरायली सेनालाई नेतान्याहूको निर्देशन
फाइल तस्बिर।
सुन्नुहोस्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम ढिलाइ हुने बताएका छन्।

उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनले इजरायल रक्षा बललाई युद्धविराम सुरु नगर्न आग्रह गरेको बताइएको छ। युद्धविराम स्थानीय समय अनुसार बिहान ८:३० बजे सुरु हुने भनिएको थियो।

हमासले यो ढिलाइ प्राविधिक कारणले भइरहेको बताएको छ।

इजरायलले हिजो राति गाजा युद्धविराम सम्झौताको पहिलो चरण "अस्थायी युद्धविराम" भएको र यदि सम्झौता भङ्ग भयो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार छ र अमेरिकाको समर्थन पनि छ भनी चेतावनी दिएका थिए।

युद्धविराम सुरु हुन अब थोरै समय मात्र बाँकी छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायल अझै पनि तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ।

युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि नामहरू खुलासा गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.